११ मंसिर, काठमाडौं । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा भारतिय बिदेश सचिव काठमाडौंमा आईपुगेका छन् । भारतिय सचिव हर्षवर्धन श्रृंगला दुईदिने औपचारीक भ्रमणका लागी आज नेपाल आएका हुन् ।
आज चार्टड बिमानाट काठमाडौं आईपुगेका हर्षबर्धन भारतिय सचिव भएपछि पहिलो पटक नेपाल भ्रमणमा आएको बताईएको छ । हर्षवर्धनले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपती विद्यादेबी भण्डारी, र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसंग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
सचिव हर्षवर्धनको दुईदिने भ्रमणका क्रममा दुईदेशीय राजनीतिक नक्सा र सिमा समस्याका विषयमा समेत छलफल हुने भएको छ ।
भ्रमणका क्रममा आजैबाट सचिवस्तरीय बैठक सुरु हुने र प्रधानमन्त्री ओलीको निर्देशन अनुसार नेपालको कालापानी, लिम्पीयाधुरा र लिपुलेकको भौगोलिक अवस्थिति र प्रमाणीक आधारमा नेपालले सार्वजनीक गरेको नयाँ नक्साको बारेमा समेत छलफल हुने भएको छ ।





