१६ मंसिर, काठमाडौं । राजतन्त्र र हिन्दु राज्यको स्थापनाको माग गर्दै मुलुकका विभिन्न स्थानमा राजावादीहरु सडकमा उत्रिएका छन् । पछिल्लो समय ओलि नेतृत्वको सरकार आन्तरिक किचलोमा रुमलिरहेका बेलामा राजावादीहरु सलबलाउनु लाई चासोका रुपमा समेत हेर्न थालिएको छ ।
नेपालमा पछिल्लो समयमा दुई छिमेकी मुलुक भारत र चीन बिचमा भएका उच्चस्तरमा भएका निरन्तर भ्रमण सत्ताारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको द्वन्द र वर्तमान सरकारले सुशासन कायम राख्न नसकेको भनि तिब्र आलोचना भईरहेको बेला राजावादीहरुले प्रदर्शन गरीरहेका छन् ।
नेपालमा राजतन्त्र अन्त्य भएको १२ वर्ष पुरा भएको छ तर केहि दिनदेखी काठमाडौं लगाएत मुलुकका विभिन्न सहरहरुमा राजतन्त्रको माग गर्दै दैनिकजसो प्रदर्शनहरु भईरहेका छन् ।
२०६४ मा राजतन्त्रको अन्य भएको घोषणासंगै गणतन्त्र स्थापना भएदेखीनै राजावादीहरु असन्तुष्टि हुँदै हिन्दु राष्ट र राजतन्त्र स्थापनाको माग गर्दै आएका थिए । एकातिर दैनिजसो राजतन्त्र स्थापनाको माग गर्दै प्रदर्शन भईरहँदा पुर्व राजा ज्ञानेन्द्र भने अहिले मौन रहपनि अघिल्लो वर्ष भने देशको विभिन्न भागको भ्रमण गरेका थिए ।
यस्तै सोमवार राष्ट्रिय शक्ति नेपालको उपत्यका आन्दोलन परिचालन समितिले काठमाडौंको माईतिघरमण्डला देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।
भने यसअघि विभिन्न संस्थाहरुले बुटवल, पोखरा, जनकपुर, नेपालगञ्ज, धनगढी र विराटनगरमा आन्दोलन गरेका थिए । राजतन्त्रवादी साना दलहरु र हिन्दु राष्ट्रको माग गरिरहेका विभिन्न संघसंथा स्वतस्फुर्त रुपमा आन्दोलनहरु गरिरहेका छन् ।
यद्यपि राजसंस्था पुर्न स्थापना र हिन्दु राष्ट्रको माग गरिरहेको सबैभन्दा ठुलो दल राष्ट्रिय प्रजातन्त्र राप्रपाले भने अहिलेको आन्दोलनमा प्रत्यक्ष रुपमा सहभागीता जनाएको देखिएको छैन ।





