पु.समाचार

नेकपामा जारी विवाद बारे अध्यक्ष प्रचण्ड र पोख्रेलबीच छलफल

१९ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी बिवादका बारेमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र उप-प्रधानमन्त्री ईश्नर पोख्रेलबीच छलफल भएको हो । यसअघि प्रचण्डसँग नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र अर्थमन्त्री तथा महासचिव विष्णु पौडेलसँग पनि छलफल गरेका थिए ।

पोखरेल आज विहान खुमालटार पुगेर प्रचण्डसँग पार्टीको अहिलेको विवादका बारेमा छलफल गरेका हुन् । भेटमा पोखरेलले अध्यक्षसँग सचिवालयमा पेश भएका दुवै अध्यक्षको प्रस्तावलाई साझा प्रस्ताव बनाउन आग्रह गरेको बताइएको छ ।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले १९ पेज लामो प्रस्ताव पेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका थिए । त्यसपछि नेकपाको विवाद चरममा पुगेको छ । प्रचण्डको जवाफको ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए ।