२० मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । मंसिर १६ गते मंगलबारको बैठकमा प्रधानमन्त्री तथा पर्टीका अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि स्थगीत भएको बैठक आज बस्ने भएको हो ।
आज दिउँसो १ बजे बस्ने बैठकमा नेकपाका अध्यक्ष दुईले प्रस्ताव गरेको प्रतिवेदनमा छलफल हुने नेपाल कम्युनिष्ट पार्टी नेकपाले जानकारी दिएका छ । सचिवालय बैठक बस्नु अघि प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा छलफलमा जुटेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गत कात्तिक २८ गते एकल प्रस्ताव पेस गरेपछि त्यसको दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका थिए ।
यस्तै यसबीचमा नेताहरुबीच सहमतीको प्रयाज जारी छ भने राष्ट्रपति विद्यदादेवी भण्डारी समेत अध्यक्ष ओली र दाहालसंग सहमतीकालागि छलफल गरेकी थिईन । तर दुई अध्यक्ष आ–आफ्नै अडानका कारण नेकपा बिबाद जारी छ ।





