२२ मंसिर, काठमाडौं । नायिका स्वेता खड्का आज बिबाहबन्धनमा बाँधिदै छिन् । नायिका खडकाले आज धनगढीका विजयेन्द्र सिंह रावतसंग बिबाह गर्दैछिन् ।
केहि समय अघि सञ्चारमाध्यमसंग नायिका खड्काको बिहेको चर्चा चलचित्र क्षेत्रमा चलिरहे पनि बिहे हुने कुरामा सत्यता नभएको बताउने गरेकि उनले अन्तमा बिहेको पक्को भएको पुष्टि गरेकी थिईन ।
केहि समयदेखी प्रेम सम्बन्धमा रहेका नायिका स्वेता र विजयेन्द्रको गोकर्ण फरेष्टमा रिसोर्टमा बिहे हुने भएको छ । स्वेताको बिहेको कार्ड समेत आफन्त तथा नजिकका साथि भाईलाई बाँडी सकेको जनाईएको छ ।
कहाँ भेठ्टिएला बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका स्स्वेता नायक श्रीकृष्ण श्रेष्ठासंग २०७१ साल असार २३ गते बिबाहबन्धनमा बाँधिएको एक महिनापछि २०७१ साउन २५ गते श्रीकृष्णको मृत्यु भएको थियो । नायिका स्वेता चलचित्र संगै विभिन्न व्यवसायमा आवद्ध समेत छिन् ।
यसैबिच धरानका प्रतिभाशाली रमेश प्रसाँई पनि आजै बिबाह बन्धनमा बाँधिदै छन् । प्रखर वक्ता तथा गाएक प्रसाँईको कालिकोटकी नन्दा सिंहसँग बिहे हुन लागेको हो । दुबै दृष्टि बिहिन हुन । बिगत ३ वर्षदेखीको गहिरो प्रेमसम्बन्धलाई नन्दा र रमेहले आगामी आज बिबाहमा परिणत गर्न लागको हुन् ।
अबल बतृत्व क्षेमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय रिंकेबुङको राँगो गितले चर्चामा ल्याएको छ । भने नन्दाले काठमाडौंमा बालश्रम चलाईरहेकी समाजसेवी हुन् । दुबैको भेट ईन्द्रेणिमा भएको थियो । रमेअ अहिले ईन्द्रेणीमा आवद्ध छन् ।





