२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधि र हिंसात्मक गतिविधिका बिरुद्ध जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीले सबैमा अपिल गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा ओलीले पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न गणतन्त्र इतर सबै दल एक हुनुपर्नेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन् । बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने एजेन्डाबारे प्रकाश पारेका थिए । पछिल्लो समय मुलुकभर एकातिर राजतन्त्र पक्षधरको प्रदर्शन भइरहेको छ भने अर्कोतिर विप्लवले हिंसात्मक राजनीति जारी राखेको छ । प्रधानमन्त्री ओलीले दलबीच एकता र राष्ट्रिय सहमति कायम गराउन सर्वदलीय बैठक बोलाउँदै आएका छन् ।
नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए । उक्त छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटेको थियो । सर्वदलीय बैठक सुरु हुनुभन्दा अघि आजै बिहान मन्त्रिपरिषद बैठक बसेको थियो ।





