पु.समाचार

संबैधानिक परिषदको बैठक आज बस्दैः विभिन्न आयोगका पदाधिकारी सिफारिसबारे छलफल हुने

३० मंसिर, काठमाडौं । संबैधाकि परिषदको बैठक आज बस्दै छ । आईतबार बोलाईएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा उस्थित नभएपछि स्थगीत बैठक आज बस्न लागको हो । बाल्वाटारमा आज बिहान ९ बजे बस्ने बैठकमा विभिन्न आयोगका पदाधिकारी सिफारिसबारे छलफल हुने जनाईएको छ ।

संवैधानिक परिषद्को बैठक मङ्सिर २८ गते पनि बसेको थियो । तर, त्यसदिन गणपुरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनामात्रै उपस्थित भएपछि कोरम पुगेको थिएन । अनौपचारिक छलफल गरेर अर्को बैठकको मिति गरिएको थियो ।

प्रमुख प्रतिपक्षी दल तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमबार देशव्यापीरूपमा आयोजना गरेको प्रदर्शनका कारण उपस्थित हुन नसक्ने जनाएपछि बैठक मङ्गलबारलाई धकेलिएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

स्थायी कमिटी बैठक चलिरहेको र पार्टीभित्रको विवाद किनारा नलागिसकेको अवस्थामा बैठक बोलाइएको भन्दै पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने असन्तुष्ट रहेको स्रोतले जानकारी दिएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेतासमेत भएर छिट्टै रिक्त रहेका संवैधानिक पदहरू पूर्ति गर्नेगरी परिषद्को बैठक बोलाउने समझदारी भएको थियो ।

त्यस विपरित काङ्ग्रेस सँग मिलेर संवैधानिक आयोगहरूको पूर्ति गर्न लागिएको भन्दै प्रचण्डले आपत्ति नै जनाएको स्रोतको जनाएको छ ।