सामाजिक सञ्जाल

नेता गगनकाे देउवालाई सुझावः कांग्रेसले उपसभामुख नपाउँदासम्म संबैधानि परिषदको बैठकमा नजानु

३० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन कुमार थापाले पार्टीले उपसभामुख पद नपाउँदासम्म संबैधानि परिषदको बैठकमा नजान सभापती शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

आज प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले संबैधानीक व्यवस्था अनुसार कांग्रेसले उपसभामुख पाउनु पर्नेमा त्यो विषयमा सरकारले कुनै निर्णय नगरेका कारण बैठकमा जानु उचित नहुने बताएका हुन् ।

साथै नेता थापाले फरक प्रसंगमा अहिले मुलुकमा राजा आउ देश बचाउ भन्दै भईरहेका प्रर्दशनको जिम्मेवार ओली सरकार भएको टिप्पणी गरेका छन् । ओली सरकारले हठाथ संसद बन्द गरेकाले कांग्रेस सडकमा आउनु परेको बताएका छन् ।

प्रतिनिधी सभाका सदस्य समेत रहेका नेता थापाले अहिलेको अवस्थामा सरकारमा जाने लालचा राख्न नहुनेमा पनि जोड दिएका छन् ।