पु.समाचार

सभामुख सापकोटा नआएपछि बेलुका ५ बजे बस्नेगरी संबैधानिक परिषदको बैठक स्थगीत

३० मंसिर, काठमाडौं । बेलुका ५ बजे बस्ने गरेर संबैधानीक परिषदको बैठक स्थगीत भएको छ । आईतबार प्रमु्ख प्रतिपक्षी दल कांग्रेस सभापती शेरबहादुर देउवा अनुपस्थित भएपछि आज बिहान ९ बजेका लागी बोलाईएको बैठक पनि स्थगीत भएको हो ।

बालुवाटार श्रोतका अनुसार गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक बेलुका ५ बजे पुनः बस्ने गरी स्थगित भएको हो । आज बिहानका लागि परिषद्‍का अध्यक्षसमेत रहेका प्रधानमन्‍त्री केपी शर्मा ओलीले बैठक बोलाएका थिए । बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा उपस्थित नभए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित थिए ।

बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा नगएसँगै गणपूरक संख्या नपुगेको हो । परिषद् बैठकमा ‘अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ’ भन्‍ने व्यवस्था छ ।

उपसभामुख पद रिक्त रहेको अवस्थामा सभामुख सापकोटा नजाँदा परिषद् अध्यक्ष रहने प्रधानमन्त्रीसहित अन्य तीनजना सदस्य मात्र उपस्थित हुने देखिन्छ ।