९ पुष, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदपछि संघीयता, धर्मनिरपेक्षता हुॅदै संविधानका सबै स्तम्भमाथि प्रहार गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा विघटन गरेका ओलीले अब प्रदेश सरकारमाथि प्रहार गर्ने संकेत दिएको भन्ने समाचारप्रति लक्षित गर्दै खड्गप्रसादका खड्गहरू संसदपछि संघीयता, धर्मनिरपेक्षता हुॅदै संविधानका सबै स्तम्भमाथि प्रहार हुॅदैजाने टिप्पणी गरेका हुन् ।
उनले प्रतिगमन आधा हुने वा आधा सच्चिने भन्ने नहुने र यसवारे प्रधानमन्त्रीका कुनै भ्रम नभएको भन्दै भ्रम हामीमध्ये कतिमा पो छ त ? प्रश्न गरेका छन् । साथै डा.भट्टराईले महेन्द्र र ज्ञानेन्द्रको कू भोगिसकेकाले प्रधानमन्त्री ओलीको कू नबुझ्ने भन्दै प्रश्न गरेका छन् ।
एक टेलिभिजन संगको अन्तवार्तामा प्रदेशमा सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने ओलीको चेतावनी पछि डा . भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
उनको ट्वीटः खड्गप्रसादका खड्गहरू संसदपछि संघीयता,धर्म निरपेक्षता हुॅदै संविधानका सबै स्तम्भमाथि प्रहार हुॅदैजाने हुन् । प्रतिगमन आधा हुने वा आधा सच्चिने भन्ने हुॅदैन ! यसवारे खड्गप्रसादमा कुनै भ्रम छैन ! भ्रम हामीमध्ये कतिमा पो छ त ! महेन्द्रको कू, ज्ञानेन्द्रको कू भोगिसकेकाले खड्गप्रसादको कू नबुझ्ने ?






