आर्थिक

ग्लोबल आइएमई बैंकले लिवाङ्ग जिल्ला स्थितआर्मी व्यारेकमा एटिएम सेवा सुरु

१४ पुस, काठमाडौँ । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २४० पुगेको छ ।  उक्त एटिएम सेवा खड्गदलगन , लिबाङ रोल्पाका प्रमुख सेनानी सुधिर के.सी.लेउद्घाटन गरे । बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरीउक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यल बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइ रहेको छ ।