पु.समाचार

नेकपा दाहाल-नेपाल समुहको स्थायी कमिटी बैठक आज बस्दै

२० पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समुहको स्थायी कमिटीे बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि दुई समुहमा बिभाजित भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल र प्रधानमन्त्री ओली रहेका छन् ।

दाहाल-नेपाल समुहका नेता योगेस भट्टराईका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । उनका अनुसार सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपालको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । पार्टी एकीकरणको बाँकी काम र जिम्मेवारी सम्बन्ध लगायतको सम्बन्धमा अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको होे । संसद विघटनपछि आन्दोलनमा उत्रिएको यो समुहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ ।

घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आजदेखि पालिका स्तरका वडारुमा पार्टी भेला तथा संर्घष सम्बन्धि प्रशिक्षण दिइनेछ । प्रचण्ड–नेपाल समुहले पुस २५ सम्ममा सबै वडा स्तरमा कार्यक्रम सक्ने जनाएको छ । समुहले माघ २३ गते सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेकोमा आजदेखि शुरु गर्न लागेको हो ।