२३ पुष, एजेन्सी । अर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यान सेल्फ आइसोलेसनमा बसेका छन् । उनि सेल्फ आइसोलेसनमा भएकाले राजधानी यरेभानमा क्रिसमसका अवसरमा बुधबार आयोजित विषेश समारोहमा पनि अनुपस्थित भएका थिए ।
धार्मिक नेताको अगुवाइमा भएको महत्वपूर्ण कार्यक्रममा उनको अनुपस्थितिपछि उनको सचिवालयले सेल्फ आइसोलेसनमा भएकाले उनि उपस्थित हुन नसकेको जानकारी दिएको छ । “सङ्क्रमणसम्बन्धी समस्याका कारण उनि सो समारोहमा उपस्थित हुन असमर्थ भए, उनि अहिले सेल्फ आइसोलेसनमा छन्,” प्रधानमन्त्री पशिन्यानका सञ्चार सचिव मान गेभोग्र्यानले भने ।
उनका अनुसार प्रधानमन्त्री पशिन्यान यसअघि गत जुनको अन्त्य तिर पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकोमा अहिले फेरी सङ्क्रमणको घेरामा परेका छन्। सीमा क्षेत्रमा विवादको समस्या झेल्दै आएको अर्मेनियाको त्यहीसम्बन्धी गतिविधिमा संलग्न भएका बेला उनि पुनः सङ्क्रमणको घेरामा पर्नुभएको सञ्चार सचिव गेभोग्र्यानले जानकारी दिएका छन् ।
अर्मेनियाको सरकारी निकायले बुधबार दिएको जानकारीअनुसार अर्मेनियामा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने दुई हजार ८९० जनाको मृत्यु भएको छ ।





