राजनीति

अमेरिकाजस्तै नेपालका न्यायधीशले संसद पुनःस्थापनामा विवेकपूर्ण निर्णय गर्छन्ः गगन थापा

८ माघ, काठमाडौं । नेपाली कँँग्रेसका युवा नेता गगन कुमार थापाले न्यायधीशहरुले बन्द कोठामा भएका गफअनुसार निर्णय गर्नेभन्दा संबिधान, कानून र न्यायालयको भावनाअनुसार काम गर्ने बिश्वास ब्यक्त गरेका छन् । बुटबलमा आयोजित नेपाली काँग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले अमेरिकामा डोनाल्ड ट्म्पले नियुक्त गरेका न्यायधीशहरुले डोनाल्ड ट्रम्पको पक्षमा भन्दा पनि त्यहाँको संबिधान र कानूनअनुसार निर्णय गरेको दृष्टान्त दिँदै नेपालमा पनि संबिधान पुनस्थापनाको मुद्धामा त्यसेगरी निर्णय गर्नुपर्ने विचार ब्यक्त गरेका छन् ।
पुर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले भने, ‘संविधानमा कहीँ कतै बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने उल्लेख छैन । त्यसैले पनि पूर्वप्रधानन्यायाधीशहरू समेत एक ठाउँमा उभिएर बोलेका हुन्, यसबाट पनि प्रष्ट हुन्छ कि ओलीको कदम असंवैधानिक मात्र होइन अनधिकृत पनि हो !’
नेता थापाले सर्बोच्च अदालत परीक्षामा रहेको जिकिर गर्दै सर्बोच्च अदालतले संसद पुनस्थापना नगरी चुनाव गर्न निर्देशन दिएपछिमात्र काँग्रेसले निर्बाचनको लागि तयार रहनुपर्ने बिचार राखेका छन् । उनले प्रधानमन्त्री ओलीले आफ्नो अहंकारका कारण संसद बिघटन गरेर देशलाई अन्योलतर्फ धकेलेको आरोप लगाउँदै ओलीको खोक्रो अहंकारका कारण उनी आफूमात्र नसिधिएर देशको स्थायीत्वमा नै असर परेको बताएका छन् ।