९ माघ, काठमाडौं । पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली देश र जनता भन्दा पनि आफ्नै गुसटको स्वार्थमा लिप्त रहेको आरोप लगाएका छन् ।
प्रेस संगठन नेपालमा आज बिहान सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् ।
उनले देश कोरोना महामरीको संकटमा परिरहेका बेला देश र जनताको भन्दा पनि आफ्नो गुटको भलो चिताउन प्रभष्टाचारमा व्यस्त रहेको टिप्पणी गरेका छन् । ओलीले निरोले रोम जलिरहेको बेला बाँसुरी बजाएझैं अरु केहि नगरेको बताएका छन् ।
यस्तै ओलीले बजेट ल्याउँदा समेत पार्टीमा सल्लाह नगरेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले कहिल्यै एमाले नभएको आरोप लगाउँदै नेता नेपालले जनताको बहुदलीय जनवाद कहिले मान्नुभयो? जबजको कुरा अहिले गर्नुहुन्छ? पार्टी एकताको बेला जबज सिन्द्धात आफैं नमान्ने भनेर हस्ताक्षर गर्नु भएको उहाँले नै हैन? उनले प्रश्न गरेका छन् ।





