राजनीति

काँग्रेस प्रतिपक्षीको धर्मसहित सातै प्रदेशमा प्रचण्ड/नेपाल पक्षमा उभिन्छः बरिष्ठ नेता पौडेल

१० माघ, बिराटनगर। नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ‘के यो राजनीतिक निर्णय राष्ट्रलाई ध्वस्त पार्नका लागि हो ? यो राष्ट्रघाती निर्णय जनता र अदालतले किन मान्ने ? ‘संविधान भत्काउन पाइँदैन, यसलाई जोगाउन सबै लागौं ।’ भन्दै आह्वान गरेका छन् ।
बरिष्ठ नेता पौडेलले ‘संसद पुनस्थापनाबाहेक अन्य विकल्प छैन, चुनावका नाममा संविधान विपरित मनपरी गर्न कसैले पाउँदैन ।’ भनेका छन् । बरिष्ठ नेता पौडेलले ‘पार्टी सभापति देउवाजीले बाहिर कता के के बोल्नु भयो तर उहाँ संविधान जोगाउन र पार्टी महाधिवेशनको पक्षमा हुनुहुन्छ, ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावादको बाटो लिएकाले सच्चिनु पर्ने पार्टीले निर्णय गरिसकेको छ ।’ सभापति देउवाको पनि पक्ष्ँमा कुरा गरेका छन् ।
बरिष्ठ नेता पौडेलले भने, ‘राष्ट्र जोगाउने एउटामात्रै आधार सर्वोच्च अदालतका न्यायमूर्ति हुनुहुन्छ भन्ने अपेक्षा छ, राष्ट्रलाई बर्बादीतर्फ, बिग्रह, हिंसा र अफगानिस्तानको बाटोमा जान नदिने सबैको धर्म हो ।’
उनले ‘कांग्रेस संविधान बचाउन चाहन्छ तर निर्वाचन बहिष्कारवादी होइन, ‘कांग्रेसले संविधानमा टेकेर निर्वाचनमा जान चाहन्छ ।’ भनेका छन् । नेता पौडेलले काँग्रेसले अब सरकारको बिपक्षमा प्रदेशमा मतदान गर्ने भन्दै आली बिरुद्ध र प्रचण्ड नेपाल पक्षमा उभिने संकेत गरेका छन् । काँग्रेसले संबिधान जोगाउने र पार्टीको महाधिवेशन गर्दै काँग्रेस बिधाउने मुख्य जिम्मेवारी भएको जिकिर गरेका छन् ।