राजनीति

डा.भट्टराईको टिप्पणीः राजनैतिक दल सत्तादोहनका भर्यांग मात्रै बने

१५ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले राजनैतिक दल सत्तादोहनका भर्याङमात्रै बनेको टिप्पणी गरेका छन् ।

समाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो बताएका हुन् । उनले ओली प्रतिगमनको गम्भीरता बुझ्न राजनीतिक दल र नेतालाई हम्मेपर्नु विडम्वनापूर्ण भएको पनि बताएका छन् ।

उनले दल भनेकै समाजका अगुवा चेतनाका संगठित अभिव्यक्ति हुनुपर्ने तर नेपालमा दल सत्तादोहनका भर्यांग मात्र बन्नु बिडम्बनापुर्ण भएको बताएका छन् ।

डा.भट्टराईले केही दिन अघि भएको ओली प्रतिगमनका बिरुद्ध नागरिक अधिकारकर्मीहरूको आन्दोलनको पक्षमा बोल्दै पछिल्लो समय भइरहेको सार्वजनिक बौद्धिकहरूको सक्रियता प्रशंसनीय भएको बताएका छन् ।

उनको ट्वीटः ओलीप्रतिगमनको गम्भीरता बुझ्न राजनीतिक दलरनेतालाई हम्मेपर्नु विडम्वनापूर्ण छ । दल भनेकै समाजका अगुवा चेतनाका संगठित अभिव्यक्ति हुन्रहुनुपर्छ । तर हामीकहॉ दल सत्तादोहनका भर्यांग मात्र बन्दैछन् । यस्तोमा सार्वजनिक वौद्धिकहरूको सक्रियता प्रशंसनीय छ ।