१५ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले राजनीतिको मुलधार विध्वंसक ओली प्रवृती हुन नहुनेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त युवा नेता पौडेलले राजनीतिको मुलधार विध्वंसक ओली प्रवृतीलाई जरैबाट उखेलेर फाल्नुपर्नेमा जोड दिएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली इतिहासको असाध्यै खराब सपना भएको समेत बताएका छन् । उनले गणतान्त्रिक आन्दोलनले उहिल्यै पन्छाउनुपर्ने फोहोरलाई प्रेम गर्नुको परिणाम सबैले भोग्न बाध्य भएको उनको कटाक्ष थियो ।
नेता पौडेलले अब यो फोहोर सधैंलाई बढारी र लोकतन्त्रको बगैँचा हराभरा बनाउनु पर्नेमा उनको जोड छ ।
उनको ट्वीटः केपी ओली नेपाली इतिहासको असाध्यै खराब सपना थिए, गणतान्त्रिक आन्दोलनले उहिल्यै पन्छाउनुपर्ने फोहोरलाई प्रेम गर्नुको परिणाम हामी सबैले भोग्न बाध्य भयौं । अब यो फोहोर सधैंलाई बढारौँ र लोकतन्त्रको बगैँचा हराभरा बनाउँ । उनी अपवाद थिए, राजनीतिको मुलधार विध्वंसक ओली प्रवृती हुनु हुँदैन ।






