राजनीति

शहीदहरुले देखाएको बाटो नहिँड्दा अँझै आन्दोलनमा होमिनु परेको छः वरिष्ठ नेता पौडेल

१६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शहीदहरुले देखाएको बाटोमा नहिँड्दा अझै आन्दोलनमा होमिनु परेको बताएका छन् ।

आज शहीद दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फ नेता पौडेलले १०४ वर्षे शासन अन्त्य भएर लोकतन्त्र प्राप्त हुँदा समेत शहीदहरूले देखाएको बाटोमा हिड्न नसक्दा नेपाली जनताको स्वतन्त्रताले अझै स्थायित्व पाउन नसकेको र अझै आन्दोलनमा होमिनुपरेको बताएका छन् ।

महान शहिदहरूको बलिदानले मार्गदर्शन गरेको बाटोमा आज पनि हिड्न पर्ने भएको उनको भनाई छ ।

अहिले मुलुकमा शहिदहरुले देखाएको बाटो नहिँड्दा सात दशकको अथक प्रयासबाट निर्मित (संविधानसभाबाट प्राप्त) संविधानको रक्षा र नागरिक स्वतन्त्रताका लागि आजपनि आन्दोलनमा होमिनु परेको बताएका छन् ।

मुलुक र जनतालाई राणा शासन (तानाशाह) बाट मुक्त गर्ने आन्दोलनको नेतृत्व गरे बापत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई १९९७ साल माघ १०र१३र१६ गते राणाशाहीद्वारा मृत्यु दण्ड दिइएको स्मरण गरेका छन् ।

उनले त्यसैपछि राणाहरुको निरंकुशता विरुद्ध उठेको क्रान्तिको लहरले नेपालमा प्रजातन्त्र प्राप्त भएको पनि स्मरण गरेका छन् ।