१६ माघ, काठमाडौं । नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समुहका विद्यार्थि संगठनले तेस्रो चरण आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको असंबैधानीक कदमका बिरुद्ध आन्दोलनमा होमिएको उक्त समुहको विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
यसअघि उक्त समुहको अनेरास्ववियूले यसअघि पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
अनेरास्ववियूद्वारा आज घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रममा यसैदिन काठमाडौंको सहिद पार्कमा श्रद्धाञ्जलि सभा तय गरिएको छ ।
मन्त्रीहरुलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिनेदेखि प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायतका विभिन्न कार्यक्रम तय गरिएको छ ।





