१९ माघ, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगाना संसद बिघटन पश्चात मुलुकमा भईरहेको घटनाक्रमलाई लिएर चिन्तित भएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानाले प्रतिनिधिसभा बिघटनसंगै देश छाडातन्त्रतर्फ दौडिएको भन्दै चिन्ता प्रकट गरेका हुन् ।
उनले मोटामोटीरूपमा, अहिलेका दल सिर्फ सत्ताका लागि लोकतन्त्रको हत्या गर्नसम्म तत्पर या मतियार देखिएको बताएका छन् ।
ढुंगानाले युवाले प्रण गर्नुपर्नेमा जोड दिँदै यस्ता प्रवृत्ति नदोहोर्याउने, संविधानसम्मत सरकार चलाउने, जवाफदेही दल चाहिएको धारणा व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले गरेको संसद बिघटनको बिरोध गर्दै आएका ढुंगानाले यस्तो ट्वीट गरेका हुन् ।
उनको ट्वीटः प्रतिनिधिसभा विघटनसँगै हाम्रो देश सिधै अपूर्व छाडातन्त्रतर्फ दौडिसक्यो । मोटामोटीरूपमा, अहिलेका हाम्रा दल सिर्फ सत्ताका लागि लोकतन्त्रको हत्या गर्नसम्म तत्पर या मतियार देखिए । युवाले प्रण गर्नुपर्यो– यस्ता प्रवृत्ति नदोहोर्याउने, संविधानसम्मत सरकार चलाउने, जवाफदेही दल चाहियो ।






