२१ माघ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संबैधानिक नियुक्तिहरु घोर आपत्ती जनक मात्र हैन लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै ओली सरकारले सँविधान विपरीत अध्यादेश ल्याएर असंवैधानिक नियुक्तीका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टी पंक्ति, बुद्धिजीवी र आम नागरिकमा अपिल गरेका छन् । अख्तियार दुरुपयोग अनुसंधान आयोग, लोकसेवा आयोगलगायतमा संबैधानिक नियुक्तीसहित पदबहालीसमेत भईसकेको अवस्थामा बरिष्ठ नेता पौडेलले त्यस कदमको बिरोध गरेका छन् । उनले नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारका बिरुद्ध उत्रन आह्वान नै गरेका छन् ।
पौडेलको स्टाटस्ः ओली सरकारले सँविधान विपरीत अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संबैधानिक नियुक्तिहरु घोर आपत्ती जनक मात्र हैन लोकतान्त्रिक मूल्य मान्यता विपरीत छन्। यस्ता असंवैधानिक नियुक्तीका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टी पंक्ति, बुद्धिजीवी र आम नागरिकमा अपिल गर्दछ।






