२३ माघ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले प्रधानमन्त्री देखि गृहमन्त्री हुँदै मुख्यमन्त्रीसम्म सडकमा निस्केर शक्ति प्रदर्शनका नाममा बन्द हडतालमा उत्रनुलाई गलत भएको संकेत गरेका छन् । उनले आज एकाबिहानै एक स्टाटस् लेख्दै उक्त बिरोध गरेका हुन् । आज नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री र सचिवालय सदस्यसमेत रहेका गृमहन्त्री रामबहादुर थापालगायतले काठमाडौंको दरबारमार्गमा बिशाल जनप्रदर्शन र सभा गर्ने कार्यलाई संकेत गर्दै डा कोईराला आक्रोशित भएका हुन् । उनले प्रश्न गरेका छन्, यस्ता प्रवृत्तिका व्यक्तिहरुबाट जनताले के आशा गर्ने? देशले के अपेक्षा गर्ने?
डा कोईरालाको स्टाटस्ः प्रधानमन्त्री देखि गृहमन्त्री हुँदै मुख्यमन्त्रीसम्म सडकमा निस्केर शक्ति प्रदर्शनका नाममा बन्द हडतालमा उत्रेका छन्। यस्ता प्रवृत्तिका व्यक्तिहरुबाट जनताले के आशा गर्ने? देशले के अपेक्षा गर्ने?






