२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ निरु पालले प्रदेश सरकार खारेज गरी प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न सुझाव दिएकी छिन् । सामाजिक सञ्जाल ट्वीट माफर्त नेतृ पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो सुझाव दिएकी हुन् ।
उनले संघियता नामकोे सेतो हात्ति मुलुकले धान्नै नसक्ने भएकाले प्रदेश सरकार खारेज गर्नु पर्नेमा जोड दिएकी छिन् । विघटित प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिकी सभापति नेतृ पालले प्रदेश सरकार खारेज गरेर स्थानीय तहलाई बलियो र प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुने ब्यबस्था गर्नुपर्नेमा जोड दिएकी छिन् ।
प्रधानमन्त्री केपीशर्मा ओलीलाई अनुरोध गर्दै ‘मलाई पार्टीले कार्वाही गरेपनि गरोस कुनैदिन टिकट पायछु र जनताले हरायछन भनेपनि ठिकैछ सहुला तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भयको मुलुक । प्रत्येक नेपालीको टाउकोमा बिदेसिको रिन छ’भनेकी छिन् ।
उनले तलब भत्तामै देशको ढुकुटि नसिध्याई स्थानिय तहलाई थप अधिकार सम्मपन्न बनाई जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पुर्याउन पनि ओलीलाई सुझाव दिएकी छिन ।
ओली समुहकी नेतृ पालले अनावस्यक नेताहरुको सुरक्षा पनि कटौती गरी प्रधानमन्त्री ओली एजेन्डा लीयर जनतामा जादा राम्रो हुने बताईन ।






