२४ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेकपाको सडक आन्दोलप्रति बिरोध जनाएका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले नेकपाले अदालतलाई धम्क्याउन र तर्साउन सडक प्रदर्शन गरेको आरोप समेत लगाएका छन् ।
संसद विघटन सम्बन्धि मुद्दा विचाराधिन रहेकै अवस्थामा अदालतलाई प्रभावित पार्न नेकपाका बिभिन्न आन्दोलनहरु भएको उनको टिप्पणी छ । अध्यक्ष थापाले बिभिन्न चारबटा बुँदामा घटनाक्रमहरु उल्लेख गर्दै ६२र६३पछीको मार्गचित्र असफल प्रमाणित गरेको जिकिर गरेका छन् ।
सत्तारुढ दलले आफ्नै प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध अविश्वास प्रस्ताव दताए गरेको र प्रधानमन्त्री ओलीले संसद विघटन गरेको कुरा पनि आफ्नो ट्वीटमा उल्लेख गरेका छन् । संसद बिघटन बिरुद्ध व्यवस्थापिका प्रमुखद्वारा कार्यपालिका र न्यायपालिका प्रमुख विरुद्ध अदालतमा मुद्दा रहेको बताए ।
मुलुकमा पछिल्ला समय बिभाजित नेकपाको दाहाल-नेपाल समुह संसद बिघटन गर्ने ओलीका बिरुद्ध आन्दोलित छ भने ओली समुह समर्थनमा बिभिन्न आनदोलन/ जुलुस र सभामा व्यस्त छ । जवकी संसद बिघटनको मुद्धा अहिले सर्बाेच्चमा सुनुवाईका क्रममा छ ।
उनको ट्वीटः सत्तारुढ दलले आफ्नै प्रम बिरुद्ध अविश्वास प्रस्ताव-प्रमद्वारा संसद विघटन–विघटन मुद्दा विचाराधिन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन रतर्साउन सडक प्रदर्शन-व्यवस्थापिका प्रमुखद्वारा कार्यपालिका र न्यायपालिका प्रमुख विरुद्ध अदालतमा मुद्दा । यी घटनाक्रमले ६२र६३ पछीको मार्गचित्र असफल प्रमाणित गरेको छ ।






