राजनीति

बलात्कार र हत्याको शीकार भएकी भागीरथीको घटना निर्मलाको जस्तो नहोस्ः डा कोईराला

२५ माघ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले भागीरथी भट्ट घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्दछु। बिगतमा निर्मला पन्त घट्नाको जस्तै यसको दोषीले उन्मुक्ति नपाओस् भनेका छन् । डा कोईरालाले बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको विध्यालयबाट घर फर्कँदै गर्दा बलात्कार र हत्याको खवरले मर्माहित भएको भन्दै उक्त कुरा बताएका हुन् । डा. कोईरालाले भनेका छन्, ‘उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्दछु ।’
उनको भनाईः बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको विध्यालयबाट घर फर्कँदै गर्दा बलात्कार र हत्याको खवरले मर्माहित भएको छु। उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्दछु। बिगतमा निर्मला पन्त घट्नाको जस्तै यसको दोषीले उन्मुक्ति नपाओस्।