२५ माघ, काठमाडौं । विबेकशील साझा पार्टीका संयोजक रविन्द्र्र मिश्रले देशभरी बालिका तथा किशोरीहरू यौनहिंसामा पर्ने, बलात्कृत हुने र हत्या नै हुने स्थिति सोचेभन्दा बढी गम्भिर भएको आँकलन गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै भनेका छन्, ‘उनको शरीरमा दाँतले टोकेका घाउ छन्। कपडा च्यातिएका छन्। घाँटी निमोठेका दाग छन्। योनिबाट रगत बगेको छ। भागरथी भट्टको आत्मालाई शान्ति मिलोस्। हालै पति गुमाएकी उनकी आमालाई पीडा सहने शक्ति मिलोस्। प्रहरीले निर्मला हत्याकाण्डबाट पाठ सिकेर अपराधी छिटो पत्ता लगाउन सकोस्!’
संयोजक मिश्रले भट्टको बलात्कार र हत्या प्रकरणमा सबैले सावधान हुन र ध्यान पुर्याउन जरूरी भएको टिप्पणी गरेका छन् ।
संयोजक मिश्रको स्टाटस्ः उनको शरीरमा दाँतले टोकेका घाउ छन्। कपडा च्यातिएका छन्। घाँटी निमोठेका दाग छन्। योनिबाट रगत बगेको छ।
भागरथी भट्टको आत्मालाई शान्ति मिलोस्। हालै पति गुमाएकी उनकी आमालाई पीडा सहने शक्ति मिलोस्। प्रहरीले निर्मला हत्याकाण्डबाट पाठ सिकेर अपराधी छिटो पत्ता लगाउन सकोस्!
देशभरी बालिका तथा किशोरीहरू यौनहिंसामा पर्ने, बलात्कृत हुने र हत्या नै हुने स्थिति सोचेभन्दा बढी गम्भिर छ। यसमा सबैले सावधान हुन र ध्यान पुर्याउन जरूरी छ।





