सामाजिक सञ्जाल

समाजमा बलात्कार र हत्या हुनै नदिऔं, भएमा तत्काल कारबाही गरौंः डा भट्टराई

२५ माघ, काठमाडौं । जनता समाजबादी दलका अध्यक्ष डा बाबुराम भट्टराईले फेरि अर्की होनहार नेपालकी छोरी भागिरथी भट्ट (१७ बर्ष) को बैतडीमा बलात्कार पछि हत्या ! भन्दै आश्चार्य ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै राजतन्त्रकालका सुमिता–नमितादेखि गणतन्त्रकालका निर्मला–सम्झनालाई भुले झैं भागिरथीलाई नभुलौं! भनेका छन् ।
डा भट्टराईले स्टाटस्मा बलात्कार र हत्या हुनै नदिने र भएमा तत्काल कारबाही गर्नुपर्ने वातावरण हुनुपर्ने मागराख्दै भनेका छन्, ‘पहिलो, यस्ता अपराध हुनै नदिने वातावरणरसंस्कृति निर्माण गरौं! दोश्रो, अपराधीलाई तुरून्त गिरफ्तार गरेर तुरून्तै हदैसम्मको दण्ड दिने सुरक्षारकानूनीरन्याय व्यवस्था गरौं!!’
डा भट्टराईको स्टाटस्ः फेरि अर्की होनहार नेपालकी छोरी भागिरथी भट्ट (१७ बर्ष) को बैतडीमा बलात्कार पछि हत्या !
राजतन्त्रकालका सुमिता–नमितादेखि गणतन्त्रकालका निर्मला–सम्झनालाई भुले झैं भागिरथीलाई नभुलौं!
पहिलो, यस्ता अपराध हुनै नदिने वातावरणरसंस्कृति निर्माण गरौं! दोश्रो, अपराधीलाई तुरून्त गिरफ्तार गरेर तुरून्तै हदैसम्मको दण्ड दिने सुरक्षारकानूनीरन्याय व्यवस्था गरौं!!