राजनीति

तानासाही ओली सिद्धिनमात्र बाँकी छन्, बोल्ने काम कुनै हालतमा बन्द गर्दिनः रामकुमारी झाँक्री

२८ माघ, काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको तीब्र बिरोध गरेकी छन् । नेकपा नेपाल–दहाल पक्षको काठमाडौंमा आयोजीत बिशाल जनसभामा बोल्दै ओलीले पठाएको संसद बिघटन प्रस्ताव छिनभरमा पास गर्ने राष्ट्रपति बिद्यादेवी भण्डारीको
बिशशाल प्रदर्शनमा नेतृ झाँकृले भनिन्, ‘खड्गप्रसाद ओली आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका दिनमा कहाँ थिए ? दुनियालाई थाहा छ । हजारौं शहिद, घाइतेहरुको योगदानबाट प्राप्त भएको उपलब्धिका एकै रातमा एउटा जंगी बादशाहले च्यातचुत गर्ने बादशाहको विरुद्ध बोल्छौं,’ मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहीछाप गर्ने राष्ट्रपति, सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो । हाम्रो शिर्ष माथिको संस्था हो । त्यो संस्थामा निर्वाचनको प्रक्रियाबाट गएकोले निरंकुशताको साक्षी बस्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्नु पर्छ । कस्ले भन्छ बोल्न पाइदैन भनेर ?’
नेकपा ओली पक्षका कतिपय नेताहरुले राष्ट्रपति बिद्यादेवी भण्डारीको बिरुद्धमा बोलेको भन्दै पक्राउ गरी कारबाही गर्न ज्ञापनपत्र नै बुझाएपछि नेपाल–दहाल पक्षले महत्वपूर्ण वक्ताको रुपमा प्रस्तुत गरेको देखिएकी झांक्रीले आक्रमक रुपमा भनिन्, ‘आजको मानवसागरले भन्छ खड्गप्रसाद ओली कागजको बादशाह हुन् । ती ढलिसके । अब अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाह वा तानाशाहले आफ्नो कदलाई घटाउँदै राज्य सत्ताको दुरुपयोग गरेर कागजका अग्ला अग्ला प्रतिमा बनाउँछन् । ओलीले त्यहि गरेका छन् । यो अधोगति हो’
नेकपाले हिजैदेखी आजको काठमाडौंको प्रदर्शनका लागि बाहिरबाट सर्बसाधारणहरु ल्याएको थियो । काठमाडौंमा नेकपाका अध्यक्ष माधवकुमार नेपाल, पुष्पकमल दहाल बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् । २३ गतेको केपी शर्मा ओली पक्षीय नेकपाको जनसभाभन्दा ठूलो वा सानो कस्तो हुन्छ त्यो भने बिभिन्न राजनीतिक बिश्लेषकहरुले टिप्पणी गर्ने नै छन् ।