२९ माघ, काठमाडौं । नेकपा नेकपा दाहाल-नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई लिन प्रहरी उनकै निवासमा पुगेको छ । प्रहरीले सोधपुछका लागी भन्दै आज बिहान बोलाएको थियो तर झाँक्रीले अस्वीकार गरेपछि सादा पोषकमा प्रहरी नेतृ झाँक्री निवास पुगेको हो । यस्तै रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीमाथि दवाब बढेको छ ।
राष्ट्रपति बिद्यादेबी भण्डारीप्रति दिएको अभिव्यक्तिलाई लिएर अनुसन्धान गर्न भन्दै महानगरिए अपराध महाशाखाले आज बिहान झाँक्रीलाई बोलाएको थियो । केहिदिन अघि प्रधानमन्त्री केपी शर्मा ओली समुह निकट महिला नेतृहरुले झाँक्रीलाई पक्राउ गर्न भन्दै गृहमन्त्रालयमा निवेदनलाई प्रहरीले मुख्य आधार बनाएको छ ।
यसैबिच नेतृ झाँक्रीले पक्राउ पुर्जि लिएर आउन प्रहरीलाई चुनौति दिएकी छिन् । यो राजनीतिक मुद्धा भएको र आँफुहरु लडिएरहेको भन्दै आँफुलाई पक्राउ गर्ने भए पक्राउ पुर्जि लिएर आउन प्रहरीलाई आग्रह गरेकी छिन् । आज बिहान आफ्नै निवासमा पत्रकारसंग उनले यस्तो आग्रह गरेकी हुन् ।





