राजनीति

रामकुमारी झाँक्रीलाई तत्काल बिना शर्त रिहाई गर्न बरिष्ठ नेता पौडेलको माग

२९ माघ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु विना शर्त रिहा गरियोस् भन्ने माग गरेका छन् । नेता पौडेलले ट्वीट गर्दै सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको आरोप लगाएका छन् ।
आज राष्ट्रपति बिद्यादेवी भण्डारीको बिरोधमा खरो रुपमा उत्रिएकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेपछि सर्बत्र सरकारको बिरोध भईरहेका बेला नेता पौडेलले पनि कडा बिरोध गरेका हुन् । उनले संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको बताएका छन् ।
उनको ट्वीटः सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु विना शर्त रिहा गरियोस् !