राजनीति

कांग्रेसले कम्यूनिष्टसंग मिलेर संसद बिघटन बिरुद्ध आन्दोलन गर्न असम्भबः डा.कोईराला

४ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले ओली सरकारका प्रतिगमनका बिरुद्ध एक्लै आन्दोलन गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले घोराहिमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.कोईरालाले संसद बिघटनका बिरुद्धमा हुने कुनैपनि आन्दोलनमा कम्यूनिष्ट संग मिलेर अगाडी बढ्ने सम्भव नै नभएको बताएका छन् ।

उनले बिचार र सिद्धान्तमा शक्तिशाली पार्टी कांग्रेस भएकाले ओली सरकार बिरुद्ध एक्लै आन्दोलन गर्न सक्ने सामथ्र्य भएको भन्दै कसैसंग सहकार्य गर्न जरुरी नरहेको बताएका छन् ।

उनले सडकमा रहेको वा सरकारमा रहेको कुनैपनि नेकपासंग कांग्रेसले कसंसंग सहकार्य नगर्ने बताएका छन् ।

संसदि पुनः स्थापनाको सवालमा कांग्रेस एक्लै आन्दोलनमा केन्द्रित रहने डा.कोईरालाको भनाई छ । साथै डा.कोईरालाले निवार्चन या संसद पुनः स्थापना भन्ने बिषयमा कांग्रेसभित्र कुन मतभेद नरहेको समेत बताएका छन् ।