७ फागुन, नुवाकोट। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनदेखि काँग्रेस डराउन नहुने बताएका छन् । नुवाकोटमा आयोजित काँग्रेसको कार्यालय उद्घाटनको कार्यक्रममा बोल्दै सभापति देउवाले ढिलो चाडो हुने निर्वाचनका लागि काँग्रेस तयार भएर बस्नुपर्ने बताए ।
नेपालमा संबिधान नबझ्न कोहि नभएको बताउदै सभापति देउवाले अदालतलाई विश्वास गर्न आग्रह गरेका छन् । हिजो दाहालहरुले अदालतलाई धम्काएको बताउदै हामीले अदालतलाई विश्वास गर्नुपर्ने बताए । अदालतमा विचाराधीन मुद्धामा बोल्दा विचार पुर्याउनुपर्ने बताउदै अदालतको निर्णय जे हुन्छ त्यसलाई काँग्रेसले मानेर जाने बताए ।
सभापति देउवाले प्रचण्ड र ओली चुनाव चिन्हका लागि लडिरहेको तर काँग्रेसकै नेताहरु चुनावमा जान हुन्न भनिरहेको बताए । उनले चुनाव हुदैन भनेर अहिले भनिएको भन्दै जहिले भएपनि चुनावका लागि सधै तयारी अवस्थामा बस्नुपर्ने बताए । चुनावबाट भाग्ने हो भने किन राजनीति गरेको भन्दै बैशाखमा भएपनि जेठमा भएपनि दुई बर्षपछि भएपनि चुनावका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिए ।
अदालतले संसद पुनर्स्थापना गरेपनि चुनाव दुई बर्षपछि हुने बताउदै चुनावबाट डराउन नहुने बताए । सभापति देउवाले काँग्रेसलाई कसैले हराउन नसक्ने भन्दै काँग्रेसलाई काँग्रेसले नै हराउने भएकाले आउदो चुनावमा मिलेर चुनावमा जाने बताए ।





