राजनीति

नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आयोः नेता सिंह

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल कम्युनिष्ट पार्टी र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताएका छन् ।
नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यलय नुवाकोटको भवन उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले नेपाल कम्युनिष्ट पार्टी सत्ता सञ्चालनमा असफल भएकाले नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताएका हुन ।
उनले भने “नेकपा सत्ता सञ्चालनमा असफल भयो । अब नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन
आएको छ र जनताले बिदा पनि गर्छन् ।”
साथै नेता सिंहले ओलीले संबिधान अनुसार होइन, राजनैतिक निर्णय गरेको बताएकाले यसबाट ओली आफैंले असंबैधानिक कदम उठाएको स्वीकार गरेको बताए छन् ।
पटक पटक मौका पाए पनि कम्युनिष्ट सफल हुन नसकेको भन्दै ईतिहासमा कांग्रेसले सधै जनताको कार्य गरेको र अझै पनि कांग्रेस जनताको सेवा गर्न सधै तयार रहेको बताएका छन् ।