आर्थिक

सुनको मूल्यमा सामान्य गिरावट, तोलामा ५ सय घट्यो

१४ फागुन, काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८९ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा ८८ हजार ८५० का कारोवार भएको थियो ।
यसै गरी चाँदी तोलामा २० ले घटेको छ । एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।