पु.समाचार

किशोरको ब्यंग्यः गतिलो उत्तराधिकारी नपाएर प्रधानमन्त्रीले पदबाट राजीनामा दिएनन्

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गतिलो उत्तराधिकारी नपाएर राजीनामा नदिएको बरिष्ठ पत्रकार किशोर नेपालले ब्यंग्य गरेका छन् । उनले ट्वीट गर्दैभनेका छन्, ‘प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पदबाट राजिनामा दिन चाहनुहुन्छ । तर, उहाँले गतिलो उत्तराधिकारी पाउनु भएको छैन ।’ पत्रकार नेपालले देशको बागडोर जस्तो पायो त्यस्तो मानिसको हातमा दिएर के गर्नु ? व्यंग्यात्मक प्रश्न गरेका छन् । उनले कमसेकम माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन सक्ने सुपात्र त चाहियो नि ! भन्ने उनको तर्क छ ।
किशोर नेपालको ट्वीटः प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पदबाट राजिनामा दिन चाहनुहुन्छ । तर, उहाँले गतिलो उत्तराधिकारी पाउनु भएको छैन । देशको बागडोर जस्तो पायो त्यस्तो मानिसको हातमा दिएर के गर्नु ? कमसेकम माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन सक्ने सुपात्र त चाहियो नि !