१३ चैत्र, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी दलले अग्रसरता लिनुपर्ने बताएका छन् ।
प्रेसमञ्च नेपालले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा ओलीलाई तत्काल पदबाट हटाउनुपर्नेमा जोड दिँदै यस्तो बताएका हुन् ।
अध्यक्ष यादवले केपी ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भईसकेको समेत बताएका छन् । सर्बाेच्च अदालतले बिघटित संसद पुनः स्थापना गरेपनि ओलीले फेरी बिघटन गर्नसक्ने खतरा भएकाले ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
यस्तै यादवले सरकारसंग पार्टीका नेताहरुले गरेको वार्ता रेशम चौधरीसहित राजबद्यनीको रिहाई र पार्टी नेता कार्यकर्ता मुद्धा फिर्ताका लागीमात्र भएको भन्दै जसपा ओली नेतृत्वको सरकारमा भने सहभागी नहुने स्पष्ट पारेका छन् ।





