राजनीति

१४ औं महाधिवेशनले देशको विकास गर्न सक्ने नेतृत्व छनोट गर्नुपर्छः नेता सिंह

१३ चैत, लाहन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवंम् पुर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कम्युनिष्टहरु नेपाली जनताको लामो संर्घषबाट प्राप्त भएका उपलब्धीहरुलाई नष्ट गर्न लागी परेको बताएका छन् ।
नेपाली कांग्रेस नगरसमिति लहानले आयोजना गरेको होलि मिलन समारोह तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले लोकतन्त्रीक मुल्यमान्यता कम्युनिष्टहरुमा नभएको भन्दै कम्युनिष्टहरु प्राप्त उपलब्धीहरु नै सिध्याउन लागी परेको बताएका हुन्।
उनले भने ‘ नेपाली जनताको लामो संर्घषबाट प्राप्त भएका उपलब्धीहरुलाई नष्ट गर्न कम्युनिष्टहरु लागी परेका छन् । नेपालका अहिलेका कम्युनिष्टहरुमा लोकतान्त्रीक मुल्यमान्यता छैन । यीनीहरु सत्ताको राजनीतिमा लागेका छन्
साथै नेता सिंहले नेपाली कांग्रेसलाई जनता र कार्यकर्ताको ईच्छा अनुसार अगाडी बढाउनु पर्ने बताएका छन् ।
‘नेपाली कांग्रेसले कम्युनिष्टहरुले गर्न नसकेको काम गर्दै आएको छ । उदाहरणको रुपमा नेपालको संबिधान २०७२ लाई लिन सक्छौ ।’ भन्दै उनले भने ‘देशलाई आवश्यक परेको बेला नेपाली कांग्रेसले सधै महत्वपुर्ण भुमिका खेल्छ । लोकतन्त्रीक मुल्य मान्यता र जनताको अधिकार संरक्षण गर्न कांग्रेस लागी परेको छ ।’
नेपाली कांग्रेसलाई अहिले सहि नेतृत्वको आवश्यकता रहेको नेता सिंहको भनाई छ ।नेपाली कांग्रेस भित्र गुटगत राजनीति गर्न नहुने कुरामा जोड दिदै उनले पार्टीको आगामी १४ महाधिबेशनबाट कांग्रेसको विधीविधान र सिद्धान्त अनुरुप काम गरि देशलाई बिकासको पथमा अगाडी बढाउन सक्ने नेतृत्व छनोट गर्नु पर्ने बताए ।
मतदाताको जस्तो चरित्र हुन्छ, जनप्रतिनिधीको उस्तै चरित्र हुने हुँदा मतदाताले पनि सहि नेतृत्व छान्नु पर्ने उनको भनाई छ ।