१३ चैत, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेको संसदीय दलको बैठकमा माधव कुमार नेपाल र भीम रावलले पार्टीको स्पष्टीकरण चित्तबुझ्दो नदिएका कारण कारबाही गर्ने बताएका छन् । आजको बालुवाटारको नेकपा एमालेको संसदीय दलको बैठकमा बोल्दै अन्य नेता घनश्याम भुषाल र सुरेन्द्र पाण्डेले स्पष्टीकरण दिँदा चित्तबुझ्दो स्पष्टिकरण दिनुपर्ने भन्दै चित्तबुझ्दो स्पष्टिकरण नदिए कारबाही गर्ने संकेत गरेका हुन् ।
आजै बसेको बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षको बैठकले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थिति हुने निर्णय गरेका थिए । बरिष्ठ नेता खनालले पार्टीलाई पहिलेकै अवस्थामा ल्याएमा एकीकरण सम्भव हुने बताएका थिए । एमाले सचिवसमेत रहेका योगेश भट्टलाईले प्रधानमन्त्री केपी शर्मँ ओली संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले सबैलाई मिलाएर एमालेलाई एकीकरण गरेर लानुको बिकल्प नभएकोले त्यसलाई सम्बोधन गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले भनेको कुरा प्रमुख सचेतक बिशाल भट्टराईले भने, ‘एमाले केन्द्रीय समितिको फागुन २८ गतेको निर्णयबाट पछि हट्न सकिँदैन, उहाँहरु दुईजनाले दिएको स्पष्टीकरण कारबाही योग्य छ।’ प्रधानमन्त्रीले अरु दुईले पनि चित्तबुझ्दो उत्तर नदिए कारबाहीको भागीदार हुनुपर्ने संकेत गरिसकेका थिए ।





