१६ चैत्र, काठमाडौं । बागलुङ घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बोलेको छ ।
आईतबार होलीको दिन बागलुङमा भएको झडपमा दुई युवकको मृत्यु भएको घटनाको निन्दा गर्दै कांग्रेसले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको हो ।
होली मेलामा जम्मा भएका युवाहरुको दुई समुहबीच झडप हुँदा निसिखोला गाउँपालिकाका ३६ वर्षका प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाईको मृत्यु भएको हो । घटनामा मृत्यु भएका कुँवर र दमाई कांग्रेस जिल्ला सदस्य समेत भएको खुलेको छ ।
आईतबार होली खेल्ने क्रममा बागलुङकै बडिगाड गाउँपालीका १० दर्लिङमा भएको घटनाको तत्काल निस्पक्ष छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । कांग्रेले उक्त घटना योजनावद्ध भएको भन्दै निश्पक्ष छानबिनको माग पनी गरेको छ ।





