आर्थिक

Nabil Gen- N मा नबिलमा खोले एक लाखले खाता

२७ चैत, काठमाडौं । नबिल बैंकले कोरोनाका बेलामा ल्याएको नबिल जेनेरल एन खातासँग मिल्दोजुल्दो अन्य खातामा नझुक्किई खाता खोल्न ग्राहकलाई आग्रह गरेको छ । बैंकले यसमा NTC/NCell 2GB data package को विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको बताएको छ ।
नबिल बैंकले भनेको छ, “Nabil Gen- N Account”नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएकोहो। यो योजनाले डिजिटल बैंकिङमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंक बिश्वस्त छ । यस्तो परिस्थितिमा पनि एक लाख ग्राहकले खाता खोलेको भन्द्र ग्राहकलाई बैंकले धन्यबादसमेत दिएको छ ।