काठमाडौं । कार्यदल गठनको लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज १ बजे भेटवार्ता हुने भएको छ । स्रोतका अनुसार नेता नेपालले भेटको लागि ओलीलाई आफ्नै निवास कोटेश्वरमा बोलाएका छन् । तर, भेटवार्ताको स्थान भने तय भैसकेको छैन् ।
आजको भेटवार्तामा कार्यदलका सदस्यहरुको नाम टुँगो लाग्नेछ ।





