आर्थिक

नबिल बैंकको वेब साइटमार्फत नबिल आई कार्डको निवेदन गर्न पाइने

२ जेठ, काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिलकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।
यस नया सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहक बर्गहरुले आफै बैंकको वेबसाइटमा सेक्सनमा गइ विकल्प छानि नबिलको लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन । यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुनग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन्। थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।