पु.समाचार

पछिल्लो २४ घण्टामा २१४ जनाको निधन, थपिए ९ हजार २४७ संक्रमित

३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१४ जनाको निधन भएको छ । यसपछि नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ५ हजार २१५ जना पुगेको छ ।

आज ९ हजार २४७ जना कोरोना संक्रमितहरु थपिएका छन् । आज २२ हजार ८७ जनामा कोरोना परीक्षण गर्दा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टी भएके हो । आज कोरोना जितेर घर फर्किनेहरु ५ हजार ७६७ जना रहेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।