समाचार

ओली सरकारको ज्यादतिपुर्ण रबैयालाई रोक्ने हो भने काङ्ग्रेसबाट मात्रै सम्भबः डा संग्रौला

२१ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले ओली कम्युनिस्ट सरकारको ज्यादतिपुर्ण रबैयालाई यदि रोक्ने हो भने काङ्ग्रेसबाट मात्रै सम्भब भएको बताएकी छन् । उनले भनेकी छन्, ‘यसका अतिरिक्त असंबैधानिक रुपले कुर्सीमा बसि रास्ट्रघाती काम गरिरहेको ओली सरकारको प्रत्येक क्रियाकलापलाई निरन्तर रुपमा खवरदारी र दबाब दिँँदै नेपाली जनतालाई यो महामारीबाट बचाउनु पनि छ। सहमती, सहकार्य र एकतालाई काङ्ग्रेसले मुल मन्त्रकोरुपमा लिइ आफ्नो घोषित राजनीतिक उद्येश्य प्राप्तिका लागि खरो रुपले उत्रनै पर्छ।’
डा संग्रौलाले भनिन्, ‘बिश्वब्यापी महामारीबाट देशलाई काङ्ग्रेसले बाहिर निकाल्नका लागि सबै पक्षसंग सहकार्य गर्दै अगाडी बढ्नु पर्ने आबस्यकता छ। यसका अतिरिक्त असंबैधानिक रुपले कुर्सीमा बसि रास्ट्रघाती काम गरिरहेको ओली सरकारको प्रत्येक क्रियाकलापलाई निरन्तर रुपमा खवरदारी र दबाब दिँँदै नेपाली जनतालाई यो महामारीबाट बचाउनु पनि छ। सहमती, सहकार्य र एकतालाई काङ्ग्रेसले मुल मन्त्रकोरुपमा लिइ आफ्नो घोषित राजनीतिक उद्येश्य प्राप्तिका लागि खरो रुपले उत्रनै पर्छ।’

उनको भनाईः आजको दिनमा हामी नेपाली काङ्ग्रेसको ऐतिहासिक जिम्मेवारीहरुमा कोभिड-१९ महामारीबाट नेपाली जनताले बेहोर्नु परेको अकल्पनिय पीडाको निराकरण, संविधानको रक्षा, लोकतान्त्रिक संस्थाहरुको क्षयीकरणलाई रोक्नुको साथै आफ्नो दलिय बैधानिकताको सुनिस्चितता गर्नु नै नेपाली जनताको लागि हितकर हुनेछ। यसर्थ लोकतान्त्रिक बिधि प्रक्रियालाई अनुसरण गर्ने र गराउने मुल दायित्वबाट काङ्ग्रेस अलग हुन सक्दै सक्दैन । ओली कम्युनिस्ट सरकारको ज्याजतिपुर्ण रबैयालाई यदि रोक्ने हो भने काङ्ग्रेसबाट मात्रै सम्भब छ। यो गहन दायित्वबाट काङ्ग्रेसले देशलाई बाहिर निकाल्नको लागि भुमिका पनि निर्बाह गर्नु पर्ने हुन्छ। बिश्वब्यापी महामारीबाट देशलाई काङ्ग्रेसले बाहिर निकाल्नका लागि सबै पक्षसंग सहकार्य गर्दै अगाडी बढ्नु पर्ने आबस्यकता छ। यसका अतिरिक्त असंबैधानिक रुपले कुर्सीमा बसि रास्ट्रघाती काम गरिरहेको ओली सरकारको प्रत्येक क्रियाकलापलाई निरन्तर रुपमा खवरदारी र दबाब दिँँदै नेपाली जनतालाई यो महामारीबाट बचाउनु पनि छ। सहमती, सहकार्य र एकतालाई काङ्ग्रेसले मुल मन्त्रकोरुपमा लिइ आफ्नो घोषित राजनीतिक उद्येश्य प्राप्तिका लागि खरो रुपले उत्रनै पर्छ। यो र त्यो बहाना गर्दै देशका जल्दाबल्दा समस्याको निराकरण गर्न र पार्टीको महाधिवेशन गर्न असमर्थ भयौ भने इतिहासले हामीलाई क्षमा दिने छैन। संकटको बेला आएको छ, हामी बिचमा बृहत एकताको आबस्यकता छ, हामी भित्र जो जहाँ जे जस्तो जिम्मेवारी लिइएका छौ, इमान्दारी पुर्बक काम गरौं । पहिले घर आगलागी हुन बाट बचाऔ। महाधिवेशन छोटै बाटोबाट प्रबिधी प्रयोग गरि आउदो भदौ सम्ममा सम्पन्न गर्न तदारुकताका साथ नेता तथा कार्यकर्ता एक साथ जुटौं । समयले कसैलाई पर्खदैन। हामी सबैमा चेतना भया१