समाचार

यस बर्ष भाईटिकाको शुभ साईत ११ः२ मा

१९ कार्तिक, काठमाडौं । यसवर्ष भाई टिकाको शुभ (उत्तम) साईत ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पंञ्चाग् निर्णायक समितिका अनुसार शनिबार अर्थात भोली ११ बजेर २ मिनेटमा साईत उत्तम रहेको जानकारी दिएको छ ।

प्रत्येक कार्तिक शुक्ल द्वितीयाका दिन लगाईने भाईटिका तिहारको प्रमुख दिन पनि हो । साथै साईत पछि पनि अबस्था अनुसार दिनभरीनै टिका लगाउन सकिने समितिले बताएको छ ।

यमपञ्चकको पाँचौदिन दिदि–बहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आश्था र निष्ठाका साथ दिर्घायु, अरोग्य र ऐस्वर्य प्राप्तिको कामना गर्दै परम्परागत सप्तरंगी टिका लगाई उपहार दिने प्रचलन रहेको छ ।

दिदि-बहिनीले टिका लगाएपछि दाजुभाईले पनि टिका लगाई दक्षीणा तथा उपहार दिने गरिन्छ ।