२० मंसिर, एजेन्सी । म्यान्मारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि कोभिड नियम उलंघन गरेको र त्यहाँको स्थिति भड्काएको आरोप लागेको छ । उनीमाथि भ्रष्टाचार, गोप्य ऐन उलंघनलगायत ११ वटा आरोप लगाइएको छ ।
त्यहाँको सेनाले गत फेब्रुअरीमा सैनिक ’कू’ मार्फत उनलाई पदच्यूत गरिएको थियो । त्यसअघि उनी त्यहाँको निर्वाचित सरकारको नेतृत्व गरिरहेकी थिइन् । अब ७६ वर्षीया सुकीले ४ वर्ष जेल जीवन बिताउनु पर्नेछ ।
सेनाले गतवर्ष भएको आमनिर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै सेनाले सत्ता कब्जा गरेको थियो। त्यसपछि उनलाई सेनाले नजरबन्दमा राखेको थियो ।





