समाचार

इस्कोन नेपालद्धारा विश्व शान्तिका लागि हरिर्नाम संकिर्तन आयोजना


१९ फागुन, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा विश्व शान्ति तथाएकताको कामना गर्दै २०७८ फागुन १८ गते बृहत हरिनाम संकीर्तन आयोजना गरियो । नेपालभरिबाट एकतृत भएका ८०० भक्तजनहरूको उपस्थितिमा काठमाडौँको दरबार स्क्वायर क्षेत्रमा विभिन्न प्लेकार्ड सहित उपस्थित भक्तहरुले विश्व शान्तिकालागि हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम
राम हरे हरे महामन्त्रको संकिर्तन गरेका थिए । खासगरी रसिया र युक्रेनबीच भईरहेको युद्ध बन्द भई शान्ति कायम होस् र आध्यात्मीक भावनाको विकास होस् भनी प्रार्थना गरिएको थियो । “NO GOD NO PEACE, KNOW GOD KNOW PEACE” भन्ने मुलनारासाथ शुरु गरिएको संकिर्तनमा देशभरीबाट आएका ८०० भन्दा बढी भगवानका भक्तहरुको उपस्थिति रहेको थियो । एनसि (NCA) बाट शुरु भएको संकिर्तन कार्यक्रममा इस्कोनका अन्तराष्ट्रिय गुरुहरु महाविष्णु महाराज, प्रभविष्णु महाराज,
पात्री प्रभुजी, इस्कोन नेपालका देशैभरिका सेन्टरका प्रमुख तथा प्रतिनीधि भक्तहरुको उपस्थिति रहेको थियो । साथै, गत सोमबार देखि बुधबारसम्म इस्कोन बुढानीलकण्ठमा ८०० भन्दा बढी भक्तहरु सम्मिलित तीन दिने भक्ति संगम तथा अन्तराष्ट्रिय गुरु महाविष्णु महाराजको ७७ वर्षे ब्यासपुजा कार्यक्रम सफलताका साथ आयोजना गरिएको थियो । इस्कोन नेपालको प्रधान कार्यालयमा आयोजना गरिएको त्रिदिवसीय बन्दसत्र कार्यक्रमको समापनमा हरिनाम संकीर्तन आयोजना भएको थियो । वर्तमान समाजको कलह र झैझगडा अन्त्य गर्नका लागि भगवद् चेतना महत्वपूर्ण रहेको कुरा इंकित गर्दै इस्कोन नेपालका सचिव श्री रुपेश जोशीले भने, प्रकृतिमाथि प्रभुता जमाउने प्रयास गर्दै मानिसमा अहंकार बढ्दै गएको छ । मानव समाज बीचमा भाइचारा घट्दै गएको छ । यसको ज्वलन्त उदाहरण हामीले रुस(युक्रेन युद्धमा देख्न सक्छौं ( हिजोसम्मका दाजुभाई आज शत्रु बनेका छन् । भगवानलाई बिर्सिएकाले गर्दा मानिसले आफ्नो वास्तविक परिचय बुझ्न सकेको छैन, न त अरुलाई बुझाउन सकेको छ । आफ्नो निजी स्वार्थ तथा अनावश्यक लोभको पूर्तिका लागि ऊ जति पनि गिर्न तयार छ । तर यसले न उसलाई सन्तुष्टि दिन्छ, न त अरुलाई नै । त्यसैले सम्पूर्ण समाजलाई भगवानसँगको हाम्रो आत्मीय सम्बन्धलाई उजागर गर्दै आनन्द एवम् ज्ञानले पूर्ण जीवन बाँच्नका लागि हामीले यस हरे कृष्ण कीर्तनमार्फत सबैलाई आफ्नो भगवद् चेतना विकास गर्न आह्वान गरिरहेका छौं ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा विश्व शान्तिका लागि द्विप प्रज्वलन पनि भएको थियो । अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) आध्यात्मीक संस्थाको रुपमा भक्तिवेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गरेको
अन्तराष्ट्रिय संस्था हो । यस संस्थाको मुख्य उद्धेश्य भनेको मानिसले भौतिक जगतको सामिप्यताले बिर्सेको श्रीकृष्णसँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु हो । संसारभरिका १२०० ठूला तथा हजारौंको संख्यामा साना सेन्टरहरु मार्फत लाखौ भक्तहरु इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मीक चेतनाको विकास गरी कृष्णभावनाको प्रचार गरिरहेका छन् ।