२१ फागुन, काठमाण्डौ । बिजबजार, आरकेडि होल्डिंसद्वारा ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालित ई–कमर्स प्लेटफर्म हो । नेपालका साना तथा मझौला उद्यमहरू लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य लिएको बिजबजार लिमिटेड र समृद्धि फाइनान्स बिच सम्झौता भएको छ । सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज गौतम र समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार समृद्धि फाइनान्सका ग्राहकहरूले बिजबजारबाट सामान खरिद गरी समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्ग वा कनेक्ट आइपियस मार्फत भुक्तानी गर्दा १० % वा बढीमा ३०० रुपैयाँ सम्मको क्यास ब्याक पाउने भएका छन् । साथै समृद्धि फाइनान्सले खाता खोल्ने प्रत्येक नयाँ ग्राहकलाई बिजबजारको रु २०० बराबरको शपिङ्ग भाउचर प्रदान गर्नेछ भने एक वर्षका लागि रु एक लाख वा बढीको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई बिजबजारको रु ५०० बराबरको शपिङ्ग भाउचर प्रदान गर्नेछ।
समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न यस्तो सहकार्य आवश्यक रहेको बताउनु भएको छ । साथै डिजिटल नेपाल फ्रेमवर्कमा बिजबजारसँग सहकार्य गर्न पाएकोमा खुसी समेत व्यक्त गरेका छन ।





