राजनीति

चुनावका लागि तात्यो काँग्रेस, आजबाट शुरु भयो ६७ सय ४३ वटै वडामा केन्द्रीय प्रतिनिधि पार्टीको अभियान

२९ फागुन, काठमाडौं । स्थानीय तहको निर्बाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले आफ्नो वडास्तरसम्मको अभियान शुरु गरेको छ ।
काँग्रेस स्थानीय तहको निर्बाचन लक्षीत गरि ७७ वटै जिल्लामा आफ्ना प्रतिनिधिहरु खटाएको छ ।
काँग्रेसका १४ औं महाधिवेशनबाट निर्बाचित तथा मनोनित गरिएको केन्द्रीय सदस्यहरु ७७ जिल्लामा खटाएर स्थानीय तहको बैसाख ३० गतेको निर्बाचनमा ६७४३ वटै वडामा काँग्रेसलाई बिजय गराउने लक्षसाथ अभियान चलाईएको काँग्रेसले बताएको छ ।
नेपाली काँग्रेस नेतृत्वको सरकारले बैसाख ३० गतेको लागि स्थानीय तहको निर्बाचन घोषणा गरेको अवस्थामा काँग्रेस, एमाले लगायतका राजनीतिक दलहरुले चुनाव आफ्नो पोल्टामा पार्न लागि परिरहेका छन् ।